नयाँलिपिः पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिक्त रहेको निर्देशकमा प्राडा सुरेशराज पौडेललाई निमित्तको जिम्मेवारी दिएको छ ।
पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको दैनिक कार्य सञ्चालनका आइतबारदेखि लागू हुने गरी निमित्त निर्देशकको जिम्मेवारी दिइएको अस्पतालले जानकारी दिएको छ ।
बरिष्ठ कन्सल्टेन्ट सर्जनकोरुपमा समेत सेवा दिँदै आएका प्राडा पौडेल लामो समयदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत छन्।
अस्पतालका निर्देशक रहेका भरतबहादुर खत्रीको कार्यकाल सकिएपछि एकसाता अघि उनलाई बिदाई गरिएको छ ।