१४ मुद्दामा ५ वर्ष सजायपछि कतार पुगेका ‘कटप्पा’, तीन महिनामै फर्किएर पुनः अपराधमै

santan ads

नयाँलिपिः १८ वर्षको उमेरमा करिब १३ वटा चोरी गरेपछि तनहुँ शुक्लागण्डकीका सुवास विक कास्की अदालतको फैसलाबाट ५ वर्ष जेल परे ।

सुवासले जेल सजाय काटेर ०७९ साल जेठमा बाहिर निस्कँदा उनको अर्काे न्वारान भइसकेको थियो, ‘कटप्पा’ नामबाट ।

उनै कटप्पा कास्की प्रहरीको फन्दामा पुनः परेका छन् । कारागारबाट छुटेपछि ३ वर्षको बीचमा कटप्पाले १२ वटा घरमा संगठितरुपमै चोरी गरेपछि ५ जना सम्मिलित समूहसँगै कटप्पा समातिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका कास्कीले कटप्पाको समूहसहित पाँचैजनालाई सार्वजनिक गर्दै उनीहरुको चोरी र अपराधबारे जानकारी दिएका छन् ।

कास्की प्रहरीका नायब प्रहरी उपरीक्षक हरिबहादुर बस्नेतले कटप्पाको समूह कास्कीका २६, ३०, ३१, ३२ लगायतका वडामा केन्द्रित भएको सूचना केही अघि नै पाइएको भन्दै सोही अनुसार योजना बनाएर पक्राउ गरेको बताए ।

सुवास उर्फ कटप्पाले समूहमा नातेदार विमल विक, गणेश सुनार, स्याङ्जाका सुरेश विकलाई समूहमा राखेका थिए । उनीहरुको समूह मुलतः सुनचााँदीजस्ता बहुमुल्य गहना चोरीमा पोख्त रहेको प्रनाउ बस्नेतले जनाए ।

कटप्पाले चोरेका गहना किन्ने गरेको आरोपमा प्रहरीले स्याङजा पुतलीबजारका दुर्गाबहादुर थापालाई समेत पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय शिस्ुवासहितको टोली परिचालन गरी विभिन्न मितिमा उनीहरुलाई समातेको र डाँका एवं चोरीमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थपेको छ ।

प्रनाउ बस्नेतले जनाएअनुसार कटप्पाको समूहले अनुमानित ७० लाख रुपैयाँका धनमाल चोरी गरेका छन् ।

त्यस्तै, उनीहरुकोसाथबाट १२ तोला सुन र २४ तोला चाँदीका विभिन्न गहना, सुन पगाल्ने मेसिन, स्कुटर, मोटरसाइकलसमेत बरामद गरिएको छ ।

Scroll to Top