पोखरा । व्हिलचियर बास्केटकलको उपाधि कर्णालीले उचालेको छ ।
ईस्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न भएको व्हिलचियर बास्केटबल प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा गण्डकीलाई २ अकंको झिनो अन्तरले पराजित गर्दे उपाधि उचालेको हो ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा कर्णालीले गण्डकीलाई ३४ को विरुद्ध ३६ अंकले पराजित गरेको हो ।
प्रतियोगिताको उपाधि विजेता कर्णालीले नगद ५० हजार,उपविजेता गण्डकीले ४० हजार नगद सहित ट्रफी,मेडल तथा प्रमाणपत्र हात पारे ।
प्रतियोगिताको
उत्कृष्ट खेलाडी कर्णालीका रमेश खत्री घोषित हुदाँ गण्डकीको खुम पाण्डे २४ अंक सहित हाई स्कोरर बने ।
बैशाख २६ गते बाट संचालन भएको प्रतियोगितामा ७ टोलीले भाग लिएको थियो । गण्डकीको टोलीमा भरतविक्रम बानियाँको कप्तानीमा खुम पाण्डे, सुरेश गौली, कृष्णराम लामिछाने, भरत अधिकारी, देव परियार र फनि नारायण सहित ७ खेलाडी रहेका थिए ।
टिमको प्रशिक्षकमा चेतप्रसाद अधिकारी र व्यवस्थापकमा कृष सुनार रहेको संघले जनाएको छ ।