पत्रकार पन्तलाई पत्नीशोक

पोखरामा रहेर सक्रिय पत्रकारिता गरिरहेका हरि पन्तलाई पत्नीशोक परेको छ ।

उनकी धर्मपत्नी मीरा पन्तको ४० वर्षको अल्पायुमै निधन भएको हो ।

५ वर्षदेखि क्यान्सर रोगबाट पीडित मीराको बिहीबार असामयिक निधन भएको परिवारजनले जनाएको छ । भरतपुरस्थित क्यान्सर अस्पतालमा पनि धेरैपल्ट उनको उपचार हुँदै आएको थियो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६, आगिञ्चोक, गोल्याङका पन्त परिवार हाल पोखराको मालेपाटन बस्दै आएको छ ।

विभिन्न मिडियामा रहेर सक्रिय पत्रकारिता गरिरहेका हरि पन्त नेपाल पत्रकार महासंघ कास्कीका पूर्व कार्यसमिति सदस्य हुन् । साथै, उनी नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा ५ का कार्यसमिति सचिवसमेत हुन् ।

धादिङ(पोखरा सम्पर्क समाजका पूर्व महासचिव हरि पन्त हाल सल्लाहकार छन् । उनी प्रेस युनियनमा आबद्ध छन् भने आदर्श समाजका पूर्व कर्मचारी पनि हुन्।

Scroll to Top