कास्की प्रहरीका एसपी नवीन ‘मानव बेचबिखन’मा, खाणले सम्हाल्दै कमाण्ड

नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ।

मंगलबार साँझ प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ६० जनाको सरूवा सूची प्रकाशन गरेको हो।

नेपाल प्रहरीमा लामो समयदेखि एसपीको सरूवा हुन सकेको थिएन।

अहिले एकसाथ ६० जनाको सरूवा निकालेको हो। यो सूचीमा केही अधिकृतको काज सरूवा समेत गरिसकेको थियो।

यसरी सरूवा निकाल्नुअघि विभागले एसपीको पूर्वानुमान योग्य सरूवा सूची समेत प्रकाशन गरेको थियो।

सूची अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की मानव बेचबिखन अनुसन्धान ब्यूरो, काठमाण्डौं सरुवा भएका छन् ।

अब कास्कीमा कार्कीको स्थानमा मोहनबहादुर खाणले कमाण्ड सम्हाल्नेछन् । खाण यसअघि बागमती प्रदेश प्रहरी आर्थिक प्रशासनमा कार्यरत थिए ।

यता, कास्कीमा आउने चर्चामा रहेका एसपी सुनिल मल्ल भने गण्डकी प्रदेश प्रहरी गणबाट काठमाण्डौं उपत्यका ट्राफिक कार्यालय खटाइएका छन् ।

Scroll to Top