एसीसी मेन्स कपबाट सोमपाल ‘आउट’, प्रतिश ‘इन’

नेपाल क्रिकेट संघ (क्यान)ले कतारमा आयोजना हुने ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६’ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा हेरफेर गरेको छ।

क्यानले विज्ञप्ति जारी गर्दै अनुभवी तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएको छ।

एसबीएल एनपीएल तेस्रो संस्करणको अन्तिम खेलमा घाइते भएपछि उनी नोभेम्बर १९ देखि २९ सम्म कतारमा चल्ने प्रतियोगितामा सहभागी हुन नसक्ने भएका हुन्।

सोमपालको स्थानमा क्यानले प्रतिश जीसीलाई टोलीमा छनोट गरेको छ।

त्यसैगरी, यसअघि ट्राभलिङ रिजर्भमा रहेका मयन यादवलाई पनि मुख्य टोलीमा समावेश गरिएको क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

Exit mobile version