पोखरा महानगरपालिका-३३ को वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी वर्षा आचार्य सम्पर्कविहीन भएकी छन् ।
वागमारा कालिकास्थानस्थित वडा कार्यालयले उनको खोजीमा सहयोग गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
परिवारबाट प्राप्त जानकारी अनुसार आचार्य मंसिर १ गते बिहान करिब ४ बजेदेखि सम्पर्कमा नरहेको वडा कार्यालयले मंसिर २ गते जारी गरेको सूचनामा उल्लेख छ ।
वडाध्यक्ष रामचन्द्र अधिकारीद्वारा जारी सूचनामा आचार्यलाई देख्ने वा उनीबारे जानकारी पाउने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा ९८५६००३०३३ र ९८५६०६६१६० मध्ये कुनै एक नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।








