ट्यालेन्ट हन्टबाट ‘गोल्डेन क्याप’को दौडमा राहुल

यस संस्करणमा सर्वाधिक चर्चा कमाउन सफल खेलाडीमध्ये एक छन् युवा तीव्रगतिका बलर राहुल यादव ।

जनकपुर बोल्ट्समा आबद्ध राहुल ‘ट्यालेन्ट हन्ट’मार्फत छनोट भएर टोलीमा जोडिएका हुन् । पहिलो सहभागितामै उनले आफ्नो बलिङ क्षमताबाट समर्थक तथा क्रिकेटप्रेमीको ध्यान खिच्न सफल भएका छन् ।

राहुलले सात खेलमा १२ विकेट लिएका छन्। यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्षस्थानमा छन् ।

काठमाण्डु गोर्खाजविरुद्धको खेलमा राहुलले चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिएका थिए ।

त्यसपछि लगातार दुई खेलमा विकेटविहीन भएका उनले पाँचौँ खेलमा दुई विकेट लिँदै पुनरागमन गरे। त्यसपछिका दुई खेलमा क्रमश: एक र तीन विकेट लिएका छन् ।

Scroll to Top