रोकेको बोलेरोमा स्कुटर ठोक्किँदा जीरोमा दुई युवकको मृत्यु

पोखरा, । पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो भएको दुर्घटनामा म्याग्दीको मंगला गाउँपालिका–दारुङका २१ वर्षीय विवेक दर्जी र रघुगंगा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार सडकमा रोकिराखेको लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई छुट्टाछुट्टै अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले बोलेरो चालक पोखरा महानगरपालिका–२८ का ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top