जमैकाका चर्चित क्रिकेटर जारी एनपीएलमा विराटनगर किङससँग आबद्ध छन् ।
सम्झौताअनुसार रसेलले चार खेल खेलिसकेका छन् । यद्यपि, रसेलले नेपाली क्रिकेटको क्रेजलाई सम्मान गर्दै फ्यानहरुकालागि उपहारस्वरुप थप एक खेल खेल्ने भएका हुन् ।
विराटनगरले चार खेलकोमात्र पैसा तिर्ने सम्झौतापछि पनि रसेल निशूल्क खेल्न लागेका हुन् ।
‘तपाइहरुको माया र साथकालागि धन्यवाद, मेरो पाँचौ खेल मेरो तर्फबाट तपाइहरुलाई उपहार हुनेछ’ रसेलले भनेका छन् ।
उक्त पाँचौ खेल आज साँझ ५ बजे काठमाण्डौं गोर्खाज विरुद्ध हुँदैछ ।
