पोखरामा हुने यू-१९ एसिया कपको बन्द प्रशिक्षणमा को-को खेलाडी परे ? (हे. विस्तृतमा)

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी पुरुष यु-१९ एसिया कपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ।

प्रतियोगिताको पूर्वतयारीका लागि प्रारम्भिक चरणमा छनोट भएका खेलाडीहरूलाई पोखरामा आयोजना गरिने विशेष बन्द प्रशिक्षणमा समावेश गराइनेछ। आगामी अक्टोबर २६ देखि पोखरामा सुरु हुने यो बन्द प्रशिक्षणमार्फत खेलाडीहरूको क्षमता, लय र फिटनेसको मूल्यांकन गरी अन्तिम टोलीको छनोट गरिनेछ।

क्यानद्वारा सार्वजनिक गरिएको प्रारम्भिक टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, दर्श सोनार, विपिन शर्मा, जोय थापा, सोहिल कुँवर, सौजन घिमिरे, भुपाल दंगाल र दीपक सेमेला रहेका छन्।

यसैगरी टोलीका अन्य सदस्यहरूमा शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यान्शु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी, शिवांश बजगाईं, सुगम बुढाथोकी, आशिक बैठा, रौनक श्रीवास्तव, रोहित चन्द, कृतिक कामत, राहुल हक र रोशन शाही समेटिएका छन्।

पोखरामा सञ्चालन हुने यस बन्द प्रशिक्षणले युवा खेलाडीहरूलाई प्राविधिक रूपमा मजबुत बनाउनुका साथै उच्चस्तरीय प्रतिस्पर्धाका लागि टोलीको समन्वय र रणनीति तयार गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

यू-१९ एशिया कप आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमनमा सञ्चालन हुँदैछ ।

Exit mobile version