बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमण गरेको आरोपमा तीन जनालाई राजस्थानको कोटा प्रहरीले सोमबार पक्राउ गरेको छ।
कोटा प्रहरीका प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले बीबीसी हिन्दीलाई फोनमार्फत तीनै जना अभियुक्त पक्राउ परेको पुष्टि गरेकी छन्।
एसपी गौतमका अनुसार सोमबार बिहान करिब साढे ११ बजे कोटा सिटी प्रहरीले टाइगर श्राफमाथि आक्रमणका तीनै अभियुक्तलाई रेलवे स्टेसनबाट पक्राउ गरेको हो।
उनले भनेकी छन्, “उनीहरू यहाँबाट दिल्ली र त्यसपछि दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा थिए। हामी तीनै जनासँग सोधपुछ गरिरहेका छौँ।”
प्रहरीले हालसम्म अभियुक्तहरूबाट कुनै हतियार बरामद गर्न सकेको छैन।
यसअघि आइतबार साँझ मुम्बईमा अज्ञात हमलाकारीहरूले टाइगर श्राफ सवार कारमाथि गोली चलाएका थिए।
