त्रिविको दीक्षान्त अब सातै प्रदेशमा, यसपटक साढे ९५ हजार सहभागी

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु वर्ष स्नातकदेखि विद्यावारिधिसम्मका ९५ हजार ५ सय ४० जना विद्यार्थीलाई दीक्षित गराउने भएको छ।

त्रिवि सभाको ६७ औँ वार्षिक दिवस बैठकले ६४ औँ ग्रेस लिस्ट पारित गर्दै ठूलो सङ्ख्याका विद्यार्थीहरूलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गरेको हो।
​

ग्रेस लिस्टमा अटाएका र आज उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि आगामी २०८३ साल पौष महिनामा मूल दीक्षान्त समारोह काठमाडौँमा आयोजना गरिने जानकारी दिइएको छ।

२०८२ असार १ गतेदेखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू यस पटकको समारोहमा दीक्षित हुने बताइएको छ ।

Exit mobile version