तनहुँ– आर्थिक वर्ष २०८३/८४ मा तनहुँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका पालिकामा परेका संघीय बजेटका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पाँच पालिका सभापतिसहित जिल्ला सभापतिले अर्थ मन्त्रालयमा छलफल गरेका छन्।
छलफलमा व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका रास्वपा सभापति तथा जिल्ला सभापतिको उपस्थिति रहेको थियो।
बैठकमा बजेटमा समावेश भएका विकास योजना समयमै कार्यान्वयन गर्न, आवश्यक बजेट सुनिश्चित गर्न तथा आयोजनालाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।
त्यस क्रममा सम्बन्धित विभागका अधिकारीहरूले योजना कार्यान्वयनका लागि आफूहरूले गर्ने काम, आवश्यक प्रक्रिया तथा सम्बन्धित निकायबीचको समन्वयबारे समेत जानकारी गराएका थिए।







