शुक्लागण्डकी एफ.एम. दशौं वर्षमा

तनहुँ । तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम.९७.६ मेघाहर्ज १० वर्षमा प्रवेश गरेको छ । वि.स. २०७३ साल असोज १५ गते घटस्थापनाको दिनमा रेडियोको परिक्षण प्रसारण प्रारम्भ भएको थियो ।

रेडियोका अध्यक्ष शिव पौडेलले यस अवधिमा साथ र सहयोगका लागि सञ्चालक समिति, सेयरधनी सदस्य, श्रोता महानुभावहरु, कर्मचारीहरु, विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरु, सहकार्यमा रहेका विभिन्न संघसंस्थाहरु, व्यवसायिक क्षेत्रका प्रतिनिधिहरु, विज्ञापनदाताहरु र एवम् सम्पूर्ण शुभचिन्तकहरुमा कृतज्ञता व्यक्त गरेका छन् । साथै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ ।

वार्षिकोत्सवसँगै रेडियोले रेडियोको सभाहलमा शेयरधनी सदस्यबीच विजयादशमी, दिपावली, छट पर्व–२०८३ र नेपाल संवत ११४७ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी संस्थापक अध्यक्ष नारायण कुमार श्रेष्ठले एक दशकको यात्रामा साथ दिने सबैलाई धन्यवाद दिदै रेडियोलाई प्रविधिमैत्री बनाउदै लैजानुपर्नेमा जोड दिए । रेडियोका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टिकाराम श्रेष्ठले सञ्चालन र सदस्य विर्सना श्रेष्ठले स्वागत गरेकी थिइन् ।

Scroll to Top