कांग्रेस महाधिवेशन प्रतिनिधिमा कास्कीबाट एकैघरका बाबु छोरा विजयी

नेपाली कांग्रेसको १५ ओं महाधिवेशनअन्तरगत कास्कीबाट एकैघरका बाबु छोरा विजयी भएका छन् ।

कास्की २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फबाट विन्दुकुमार थापा विजयी हुँदा उनका छोरा सौगातसमेत सोही क्षेत्रबाट विजय हुन सफल भए ।

कास्की २ बाट महाधिवेशनका लागि ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सौगातले अत्यधिक मत पाएर जित हासिल गरेका हुन् ।

विजयपश्चात् बिन्दुकुमारले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै, छोरा सौगातले आफु प्रतिको विश्वास सम्पूर्ण युवामाथि गरिएको विश्वास भएको प्रतिक्रिया दिएका छन् ।

‘यो परिणाम मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, युवामाथि यहाँहरूले गर्नुभएको विश्वास र नेपाली काँग्रेसलाई अझ गतिशील, सुदृढ र पुस्तान्तरणमुखी बनाउने अपेक्षाको जिम्मेवारी हो’ सौगातले भनेका छन् ।

Exit mobile version