देउवा कांग्रेसमा दिपक मनाङेलाई स्वागत, पाए संयोजकको जिम्मेवारी

गण्डकी प्रदेशका पूर्वमन्त्री दिपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।

देउवा समूहका महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले आज मनाङेलाई पार्टीमा स्वागत गरेका हुन्।

मनाङेलाई आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजकको जिम्मेवारीसमेत दिइएको छ।

मनाङे यसअघि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध थिए।

एकीकृत समाजवादी छाडेर कांग्रेसमा प्रवेश गरेका उनी मनाङ प्रदेशसभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले पनि छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

Scroll to Top