कालीगण्डकी उर्लदा पर्वतको फार्सेमा २५ घर बग्यो, प्रहरी अझै पुग्न सकेन

पर्वत । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा २५ घर बगेका छन्।

प्रहरीका अनुसार ११ गते बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पसेपछि बस्तीमा रहेका घरहरू बगाएको हो।

उक्त बस्तीमा करिब ८० घर रहेका छन्। तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू समेत जोखिममा रहेका छन्।

घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।

जोखिममा रहेका बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न सकेको छैन। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Exit mobile version