महासचिव गुटेरेसले महासभाको गरे उद्घाटन, नेपालको हिमनदी पग्लिएकोमा चिन्ता जाहेर

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनले विश्वको भविष्य संकटमा परेको बताएका छन् ।

राष्ट्रसंघ महासभाको ८१औ सत्रलाई उद्घाटन गर्दै महासचिव गुटेरेसले नेपालका हिमनदीहरु पग्लने गति बढिरहेको र यसले जोखिम र संकट बढाउँदै लगेको बताए ।

‘तीन वर्षअघि नेपालका पहाडहरूमा, मैले हिमनदी पग्लने गति बढ्दै गएको बारेमा चेतावनी दिएको थिएँ, विश्वका छानाहरू ढल्दैछन्’, गुटेरेसले भने, ‘त्यसबेला आलोचकहरूले त्यो चेतावनीलाई अतिरन्जित भनेर खारेज गरे । तर दुःखद घटनाहरूले देखाएको जस्तै प्रभावहरू चाँडै आइरहेका छन्, कडा प्रहार गरिरहेका छन् र धेरैले अनुमान गरेभन्दा बढी फैलिरहेका छन्।’

महासचिव गुटेरेसले नेपालको भोटेकोशी बाढीको नामै उल्लेख नगरे पनि प्रभाव बढिरहेको भन्दै जलवायु प्रकोपको तीव्र गतिलाई संकेत गरेका थिए ।

महासचिव गुटेरेसले जलवायु अनुकूलन र अन्तर्राष्ट्रिय क्षतिपूर्तिमा ध्यान केन्द्रित गर्दै जलवायु न्यायको तत्काल आवश्यकतालाई जोड दिए ।

‘विकसित देशहरूले आफ्ना प्रतिबद्धताहरूको सम्मान गर्नुपर्छ’, उनले भने, ‘तिनीहरूले अनुकूलन वित्तलाई तीन गुणा बढाउनुपर्छ र नोक्सान तथा क्षति कोषलाई स्तरमा काम गर्न दिनुपर्छ।’

महासचिव गुटेरेसले नोक्सान तथा क्षति कोषमा हालका स्रोतहरू हास्यास्पद रूपमा थोरै रहेको भन्दै महत्वपूर्ण खनिजहरू खानी विकास गर्ने देशहरुले असमानता कायम राख्न नहुनेमा जोड दिए ।

Scroll to Top