जिल्ला प्रहरी कार्यालय, कास्कीले विजयपुरबाट एक जेसीबी र दुई टिप्पर नियन्त्रणमा लिई पोखरा महानगरपालिकामा बुझाएको छ।
विजयपुरमा प्राकृतिक दोहन गरेको सूचनामा कास्की प्रहरीको टोली त्यहाँ पुगेको थियो । प्रहरी पुग्दा अवैधरुपमा माटो उत्खनन् गरी टिप्परमा लोड गरेको अवस्थामा पाइएको प्रहरीले बताएको छ ।
त्यसपश्चात्, प्रहरीले उक्त कार्यमा संलग्न भएको आरोपमा जेसीबी र टिप्पर नियन्त्रणमा लिई कारवाहीका लागि पोखरा महानगरपालिकाको कार्यालयमा पठाएको थियो ।
महानगरपालिकाले जेसीबीको ३० हजार र प्रति टिप्पर १५ हजारका दरले कूल ६० हजार रुपैयाँ जरिवाना गरी छाडेको छ ।







