पोखरामा आयोजित यसवर्षको तायाःमचा नृत्य प्रतियोगिता–२०८३ मा तेर्सापट्टी र नदीपुर प्रथम भएका छन् ।
नेवाः खल कास्कीको आह्वान तथा लामाचौर नेवाः खल गुठीको आयोजनामा लामाचौरमा आयोजित प्रतियोगितामा प्रथम हुने खुल्लातर्फको तेर्सापट्टी तायाःमचा नाच समितिले १ लाख १ हजार १ सय ११ तथा महिलातर्फ प्रथम हुने नदीपुर तायाःमचा नाच समितिले ४० हजार नगदसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।
तायाःमचा संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न आयोजित प्रतियोगितामा खुल्लातर्फ पृथ्वीचोक नेवाः कचा खल द्वितीय, नया बजार सांस्कृतिक समिति तृतीय र रानीपौवा तायाः मचा नाच समितिले सान्त्वना स्थान प्राप्त गरे ।
प्रतियोगितामा द्वितीय हुने पृथ्वीचोक कचा खलले ७७ हजार ७ सय ७७, द्वितीय हुने नयाबजार सांस्कृतिक समितिले ५५ हजार ५ सय ५५ तथा सान्त्वना स्थान प्राप्त गर्ने रानीपौवा तायाःमचा नाच समितिले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो ।
यसैगरी महिलातर्फ शिशुवा नेवा कचाः खलले द्वितीय स्थान प्राप्त गर्दै नगद ३० हजार, बाग बजार तायाःमचा नाच समितिले तृतीय हुँदै २५ हजार र रुपा देउराली नेवाः कचा खलले सान्त्वना स्थान प्राप्त गर्दै नगद १५ हजारसहित शिल्ड र प्रमाण पत्र प्राप्त गरेको छ ।







