अन्तिममा ‘मन मिल्यो’ भन्दै देउबा छाडेर गगनतर्फ लागे मीन विश्वकर्मा

नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा पार्टी संस्थापनतिरै फर्किएका छन् । विशेष महाधिवेशनपछि इतर समूहतिर लागेका विश्वकर्मा विचार मिल्नेसँग कुरा र मन दुवै मिलेको भन्दै संस्थापन पक्षतिर लागेका हुन् ।

यसअघि निवर्तमान सभापति शेरबहादुर देउवाको समूहको भेलापछि नेता विश्वकर्माले सामाजिक सञ्जालमार्फत धारणा राख्दै मन मिल्नेसँग विचार र विचार मिल्नेसँग मन नमिलेको टिप्पणी गरेका थिए ।

‘मन मिल्नेसँग कुरा मिलेन ! कुरा मिल्नेसँग मन मिलेन । दुवै मिल्नेसँग विचार मिलेन । बात खत्तम !’ विश्वकर्माले लेखेका थिए ।

अहिले फेरि उनले लेखेका छन्, ‘विचार मिल्नेसँग कुरा मिल्यो ! कुरा मिल्नेसँग मन पनि मिल्यो !
संवाद सम्पन्न, यात्रा प्रारम्भ ! जयनेपाल !

Scroll to Top