सुरजसिंहले आईसीयूबाटै अन्तर्वार्ता लिएपछि विस्तृत अध्ययनमा जुट्यो प्रेस काउन्सिल

रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीमा परेर त्रिशूली थ्री ‘ए’ को सुरुङमा अड्किएको १० दिनपछि उद्धार गरिएका व्यक्तिहरूको सैनिक अस्पतालको आईसीयूबाट अन्तर्वार्ता लिइएकोबारे प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण जनाएको छ ।

काउन्सिलले ‘इनसाइड द बंकर’ नामक युट्युब च्यानलबाट आईसीयूमा उपचाररत व्यक्तिसँग अन्तर्वार्ता लिई सम्प्रेषण गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त च्यानलका सञ्चालक सुरजसिंह ठकुरीले सेनाकै अनमुति लिएर आईसीयुै सन्तोष साह र कवीर महर्जनको अन्तर्वार्ता लिएका थिए ।

यसअघि सगरमाथामा सम्पर्कविहीन भएको सातौँ दिनमा भेटिएका एकजना पथप्रदर्शक अस्पतालको आईसीयूमा उपचाररत रहेका बेला अन्तर्वार्ता लिई बीबीसी नेपालीले प्रसारण गरेको भिडियो सामग्रीको विषय पनि काउन्सिलको जानकारीमा आएको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले दुवै सामग्रीका सम्बन्धमा पत्रकार आचारसंहिताको परिधिभित्र रहेर थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको छ ।

यस विषयमा अध्ययनका लागि सम्बन्धित सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचारसमेत गरिएको प्रेस काउन्सिल नेपालले सोमबार भनेको छ।

Scroll to Top