एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले शतक बनाएका छन् ।
१०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भएका छन् । उनी हैदर अलीको बलमा क्याच आउट भएका हुन् ।
पाँचौ क्रममा ब्याटिङ गर्न गुल्सन झा आएका छन् । ३७ ओभरको समाप्तिमा नेपालले तीन विकेटको क्षतिमा दुई सय रन पूरा गरेको छ । अहिले क्रिजमा रोहितकुमार पौडेल र गुल्सन झा छ ।
रोहित २६ बलमा २१ रन बनाएर खेलिरहेका छन् भने ८ बलको सामना गर्दा एक छक्कासहित सात रन बनाएर गुल्सन खेलिरहेका छन् ।
२१ ओभरको अन्तिम बलमा नेपालका ओपनर अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भएका थिए । आउट हुनु अघि उनले आशिफसँग ९७ रनको साझेदारी गरे । अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए ।







