
पोखरा ।
पोखरा लनर्स स्कुलले विद्यार्थीलाई सस्कृति र पहिचान बारेमा जानकारी दिने उद्देश्यले कार्निभल कार्यक्रम गरेको छ । विद्यालयको पहिचान पठन सस्कृतिलाई बढाउने उद्देश्यले हरेक शुक्रबार पुस्तकसँग निरन्तर अन्तर्क्रिया कार्यक्रम गर्दै आएको स्कुलले कक्षा १ देखि ३ सम्ममा बालबालिकालाई पहिरन शिक्षा, खेल शिक्षा र आधुनिक यु सुहाँउदो संघर्षलाई ध्यान दिने उद्देश्यले कार्निभल कार्यक्रम गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल विधान गौतमले जानकारी दिए ।
विद्यालयका भाईस प्रिन्सिपल उष्णा गौतमको अध्यक्षतामा भएको कार्निभल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसएसपी स्यामकृष्ण अधिकारीले सानो उमेरमा सिकेको सीप र ज्ञान भविष्यको लागि उत्तम हुने बताए । उनले शैक्षिक क्षेत्रमा पोखरा लनर्स एकेडेमीको अभियान आफूलाई मन परेको भन्दै अनुशासन जीवनको गहना भएको धारणा राखेका थिए । एसएसपी अधिकारीले जीवनको सिक्ने आधार उमेर ६ देखि ९ वर्ष भएकाले प्रहरी मेरो साथी अभियानमा जोड्नु थप प्रभावकारी हुने बताएका थिए । भविष्यमा आउने समस्या समाधान गर्न विद्यालयले यही तहबाट गर्ने अभ्यास र नीतिगत शैक्षिक सुधारमा प्रहरीको तर्फबाट पूर्ण सहयोग हुने बताएका थिए ।

विद्यालयको शैली र आधुनिक शिक्षा पद्दतिलाई ध्यान दिँदै हरेक परिवेशमा विद्यार्थीलाई उत्साहित बनाउने विद्यालयको अभियानलाई निरन्तरता दिने बताएका प्रिन्सिपल विधान गौतमले अभिभावकको चाहना र विद्यार्थी भित्र भएको अन्तरनिहीत प्रतिभाको प्रस्फुटन गराउने अभियानलाई विद्यालयले सधै अग्र स्थानमा राख्दै आएको बताए । पोखरा ७ माछापुच्छ्रे टोलमा रहेको विद्यालयका प्राईमरी शिक्षक सुस्मा बानियाले सहजीकरण गरेको कार्यक्रमको सञ्चालन शिक्षक सोनिका लम्सालले गरेकी थिइन् ।

उल्लेख्य अभिभावकको सहभागिता रहेको कार्यक्रममा छोराछोरीको प्रस्तुती निक्कै चाख दिएर अवलोकन गरेको अभिभावकले भिडियो तथा फोटो खिचेर थप मनोरन्जन दिएका थिए । विद्यार्थीले विभिन्न गीतमा नृत्य, विभिन्न भेषभुषाका पहिरन, कराँते खेलको प्रदर्शन देखाएका थिए ।







