राहत सामग्री लिएर नुवाकोटतर्फ निस्किए शेरबहादुर

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोटतर्फ लागेका छन् ।

बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत मार्ग हुँदै आज बिहान ९ बजे नुवाकोट निस्केको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता–कार्यकर्ताहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्नेछन् ।

उक्त अवलोकन पश्चात् देवीघाटमा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गरी देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।

Scroll to Top