कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ । गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालका अनुसार थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ ।
रातभरिमा पानीको बहाब खुलेको र अहिले खोला साविकको अवस्थामा आइसकेको जानकारी स्थानीयले दिएका छन् ।
बरालका अनुसार खोलाको बहाब साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको छ ।
पहिरो खसेर खोला थुनिएको ठाउँमा प्रहरीको टोली पनि आज बिहान ४ बजे नै त्यसतर्फ लागेको उनले बताए ।
