भोटेकोशी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि खुमा अर्याल फाउण्डेशनले २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
फाउण्डेशनले प्रधानमन्त्री राहत कोषमा सो रकम प्रदान गरेको हो । देशमा आइलागेको प्राकृतिक विपद्को कठिन समयलाई ध्यान दिँदै फाउण्डेशनले यो आर्थिक सहायता दिएको हो ।
फाउण्डेशनअन्तरगत गण्डकी मेडिकल कलेज, संजीवनी ग्रूप, शर्मा एण्ड कम्पनीलगायत रहेका छन् ।
गण्डकी मेडिकल कलेज (जीएमसी)का सञ्चालक रमेश शर्मा र संजीवनी ग्रुपका सिएफओ राजु बस्नेतले अर्थ मन्त्रालय पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
उनीहरुले अर्थमन्त्रीलाई भेटी २५ लाख रुपैयाँको चेक बुझाएका छन् । कलेजले विपद्को यो घडीमा देश र जनताप्रतिको सामाजिक उत्तरदायित्व आत्मसात् गर्दै सहयोग जारी राख्ने जनाएको छ ।
आर्थिक सहयोगसँगै कलेजले बाढीपीडितको स्वास्थ्य उपचारमा पनि विशेष व्यवस्था गरेको छ ।
बाढी प्रभावित क्षेत्रबाट आएका बिरामीको गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निःशुल्क उपचार गरिने फाउण्डेशनका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिए ।
कलेजले यसअघि नै प्रभावित क्षेत्रहरुमा आवश्यक औषधिहरु समेत पठाइसकेको छ ।







