रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित बनेका परिवारहरुलाई सहयोग गर्न भन्दै डोकोमै खाद्यान्न लगायतका सामाग्रीहरु बोकेर युवाहरुको समूह रसुवातर्फ गएको छ ।
यूके बस्दै आएका विप्लव खड्कासहितको टोली खाद्यन्न बोकेर रसुवातर्फ गएको हो।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोटमा ठूलो क्षति बनाएको समाचार सार्वजनिक भएपछि नेपाल फर्केका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै युवाहरुको एउटा समूह बनाएर खड्काको टोली बाढी पीडितलाई सहयोग गर्न रसुवातर्फ गएको हो ।
रसुवा जाने सडक बगाएपछि उनीहरूले सवारी जानसक्ने ठाउँभन्दा माथिल्लो क्षेत्रमा डोकोमै बोकेर सामान लगेका हुन्।
