भोटेकोशी बाढीमा कास्कीका १४ बेपत्ता, खोजी र समन्वयमा सक्रिय प्रशासन

गत बुधबार भोटेकोशीको बाढीमा परी कास्कीका १४ जना बेपत्ता भएको जानकारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रजिअ कुमानसिंह गुरूङले दिएको जानकारी अनुसार उक्त संख्या शनिबार अपरान्हसम्मको हो।

बेपत्ता भएका परिवारका सदस्यले उनीहरूको पहिचान अस्पताल र प्रशासनमा सूचना टिपाएको उनले जानकारी दिए।

बेपत्ताको खोजी र पहिचानमा सम्बन्धित जिल्लाका अधिकारीसँग समन्वय गरिरहेको बताउँदै उनले विपदको समयमा जिल्लावासीलाई संयमित हुन अनुरोध गरेका छन्।

Scroll to Top