आज अमेरिकामा हुने कन्दराको कन्सर्ट ‘श्रद्धाञ्जली’ र ‘स्मृति’मा परिणत हुने

पोखराबाट उदाएको लोकप्रिय सांगीतिक ब्याण्ड कन्दरा यतिेबला अमेरिकाको विभिन्न सहरमा व्यस्त छ ।

कन्दराको तालिका अनुसार आज एटलान्टामा कन्सर्ट हुनेछ ।

कन्सर्टको तयारी चलिरहेकोबेला गत बुधबार भोटेकोशीमा आएको बाढीले धनजनको क्षति गरेपछि कन्दराले आजको कार्यक्रम श्रद्धाञ्जली, स्मृति र सेवाको हुने जनाएको छ ।

कन्दराको भोकलिष्ट विवेक श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्ः

देश दुखिरहेको बेला कसरी मौन बस्ने ?

यही शुक्रबार एटलान्टामा तय भएको हाम्रो कार्यक्रमलाई मनोरञ्जनभन्दा माथि उठाएर श्रद्धाञ्जली, स्मृति र सेवाको कार्यक्रम बनाउने निर्णय गरेका छौँ।
हाम्रो संगीत, हाम्रो आवाज र हाम्रो मञ्च यसपटक मातृभूमिको पीडामा समर्पित हुनेछ। सक्दो सहयोग जुटाएर प्रभावित परिवार र समुदायसम्म पुर्‍याउने प्रयास रहनेछ।


“शोकलाई शक्तिमा बदलौँ।
संगीतलाई सेवामा बदलौँ।”

विपत्तिमा ज्यान गुमाउनुहुने सम्पूर्ण आत्माप्रति हार्दिक श्रद्धाञ्जली।
घाइते तथा प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना।

शोकसन्तप्त परिवारमा हार्दिक समवेदना। 🙏
माया, प्रार्थना र एकतासहित,
बिवेक

Scroll to Top