भोटेकोशी अपडेटः थप ३० शव पोखरा ल्याइयो, कास्कीका १६ बेपत्ता

भोटेकोशी बाढीले बगाएर ल्याएका थप ३० जनाको शव पोखरा ल्याइएको छ।

आज दिउँसो तनहुँमा भेटिएका ९ जनाको शव ल्याइएको थियो । उता, नवलपुरमा भेटिएका ३० शव राख्ने ठाउँ अभाव भएपछि पोखरा ल्याइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।

‘तनहुँ र नवलपुरमा राख्ने ठाउँ नभएपछि पोखरामा ३९ वटा शव ल्याइएको हो,’ उनले भने, ‘अझै थप शव पठाउने कुरा भएको छ।’

बाढीले बगाएर ल्याएका शवको पहिचान खुल्न सकेको छैन। पोखरामा ल्याइएका शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल मेडिकल कलेज र चरक अस्पतालमा राखिएको छ।

सहायक प्रजिअ बरालका अनुसार कास्कीबाट भोटेकोशी बाढीमा परेर १६ जना बेपत्ता भएको सूचना आएको छ।

Scroll to Top