रसुवामा आएको बाढीका कारण ५० जना सम्पर्कविहीन भएका छन् । कैलाश मानसरोवर जान रसुवा बोर्डरमा पुगेका उनीहरू बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
काठमाडौंको हिमालयन ग्लेसियरबाट मंगलबार गएका उनीहरूसँग सम्पर्क टुटेको कम्पनीका सञ्चालक सागर पाण्डेले इ-कान्तिपुरसँग बताएको उल्लेख छ ।
सम्पर्कविहीन हुने पर्यटकहरूमा ४० जना भारतीय मूलका अमेरिकी र क्यानडियन रहेका छन् । त्यस्तै, १० जना नेपाली रहेका छन् ।







