रसुवा बाढीको प्रभावः पृथ्वी राजमार्ग हुँदै गुड्ने सवारीसाधनमा रोक

रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिम, पोखरालगायत पश्चिम, गोरखा, लमजुङ, धादिङ, नुवाकोट र रसुवालगायत जिल्लामा जाने सवारीसाधन काठमाडौंमा रोकिएको जानकारी दिएका छन् ।

Scroll to Top