अन्नपूर्ण गाउँपालिकालाई तमु धिँ नेपालले ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
केही अघि मोदी खोलामा गएको बाढीले विरेठाँटी-घान्द्रुक सडक मार्गमा क्षति पुर्याएपछि उक्त खण्ड निर्माणमा सहयोग हेतु उक्त रकम सहयोग गरिएको हो ।
उक्त खण्डको ६ ठाउँमा क्षति पुगेपछि हाल नेपाली सेनाको जनशक्तिले प्रदेश र पालिकाको सहयोगमा मर्मतको काम गरिरहेको छ ।
मर्मतमा लाग्ने खर्च अधिक हुने भएपछि पालिका अध्यक्ष केसीले सहयोगको अपील गरेका थिए । सोही आग्रहपछि तमु धिंले उक्त रकम सहयोग गरेको हो ।
धिंका अध्यक्ष हुमबहादुर गुरुङले पालिका अध्यक्ष केसीलाई रकम हस्तान्तरण गरेका छन् ।
यसअघि एक्यापले २० लाख रुपैयाँ सहयोग गरेको थियो । मौसम अनुकुल भए भदौ मसान्तसम्म सडक पुनर्निर्माण सक्ने पालिका अध्यक्ष केसीले बताएका छन् ।
