जंगलमा लुकाएको ५ थान बन्दुक फेला, अनुसन्धान जारी

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ नाल बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय आरुघाट, गोरखाबाट खटिएको प्रहरी टोलीले एसआरपी गस्ती गर्ने क्रममा आरुघाट गाउँपालिका–६ चिहान डाँडा नजिकैको जंगलमा सल्लाका हाँगाले छोपेर बेवारिसे अवस्थामा राखिएका १ नाले भरुवा बन्दुक ५ थान फेला परेको हो।

बरामद बन्दुकमध्ये १ थान भाँचिएको र ४ थान खिया लागेको अवस्थामा रहेको छ।

बरामद भएका बन्दुकका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Scroll to Top