पत्रकार किशोर थप ४ दिन हिरासतमै

काठमाडौं जिल्ला अदालतले ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

गत बुधबार राति पक्राउ परेका उनलाई यसअघि दिइएको ३ दिनको म्याद सकिएपछि प्रहरीले सोमबार पुनः अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दानबहादुर थापाका अनुसार अदालतले प्रहरीको मागबमोजिम थप ४ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद थप गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले श्रेष्ठलाई गत बुधबार पक्राउ गरेको थियो ।

उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top