खगेन्द्र सुनारको रुखो अभिव्यक्तिछि सभामुख भेट्न पुगे आईजीपी कार्की

सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति असन्तुष्ट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेका छन्।

उनले सुनारले संसदीय मर्यादासमेत भुलेर आफूविरुद्ध संसदीय समितिको बैठकमा दिएको अभिव्यक्ति र गरेको व्यवहारबारे गम्भीर ध्यानाकर्षण गराएका हुन्।

कार्की नेपाल प्रहरीका अन्य उच्च अधिकारीसहित सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए ।

उता सुनार केही दिनयता गुमनाम जस्तै छन्। प्रधानमन्त्री वालेन्द्र शाहनिकट मानिने खगेन्द्रले आईजीपीलाई अमर्यादित व्यवहार गरेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार कडा आपत्ति जनाएका छन्।

सांसद सुनारले समितिको बैठकमा प्रहरीको पोसाक तथा सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै आईजीपी कार्कीलाई पदबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेका थिए।

उनले आईजीपीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भएको दाबीसमेत गरेका थिए।

Scroll to Top