पोखराको हेम्जा म्याग्दीचोकस्थित पोखरा–बागलुङ सडकखण्डमा ग१४प २५१७ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार स्थानीय १६ वर्षीय युवक अनिल विकको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट हेमजाले जानकारी दिएको छ ।
मोटरसाइकल चालक म्याग्दीको धौलागिरी–२ लुलाङका १८ वर्षीय दिनेश विक घाइते भएका छन्। प्रहरीका अनुसार बायाँ खुट्टा, बायाँ आँखा र मुखमा चोट लागेका उनको अवस्था मध्यम रहेको छ ।
प्रहरीले घाइते चालक र सवार युवकलाई घटनास्थलबाट तत्काल उद्धार गरी उपचारार्थ मणिपाल शिक्षण अस्पताल लगेपछि उपचारकै क्रममा अनिललाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी पोष्ट हेम्जाको नियन्त्रणमा रहेको छ ।







