म्याग्दीको घारा हाइड्रोपावरमा पहिरो जाँदा एक बेपत्ता, विक घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घारा हाइड्रोपावरमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने अर्का एक जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ५:१० बजे हाइड्रोपावर क्षेत्रमा माथिबाट ढुंगासहितको पहिरो खसेको थियो। पहिरोमा पुरिएर ड्युटीमा रहेका स्थानीय ५५ वर्षीय दिपक बरुवाल बेपत्ता भएको म्याग्दी प्रहरीले जनाएको छ।

काममा जाने क्रममा पहिरोसँगै खसेको ढुंगाले लागेर कैलालीको गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।

उनको दाहिने हात र दुवै खुट्टामा चोट लागेको र हाल बेनीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

घटनालगत्तै भुरुङतातोपानीबाट प्रहरी नायब निरीक्षक मोहन गुरुङको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा बेपत्ता बरुवालको खोजी कार्य जारी राखेको छ।

Scroll to Top