सन्दीपलाई पुनः नेपाली क्रिकेटको कप्तानी जिम्मेवारी

नेपाल क्रिकेट संघ (क्यान)ले लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय कप्तानमा नियुक्त गरेको छ।

आगामी एसिसि प्रिमियर कपदेखि लागू हुने गरी सन्दीपलाई एकदिवसीय टिमको नेतृत्व सुम्पिइएको हो।

क्यानका अनुसार आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसिसि प्रिमियर कप प्रतियोगितादेखि सन्दीपले एकदिवसीय टोलीको कप्तानका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

घोषित नेपाली राष्ट्रिय टोली:

सन्दीप लामिछाने (कप्तान), आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, ईशान पाण्डे, गुलशन झा, सेर मल्ल, ललित राजवंशी, करण केसी, हेमन्त धामी र सन्दीप जोरा।

Scroll to Top