६ करोडको लागतमा ‘पोर्टर हाउस’ निर्माण गरेर अस्ताए निम्स दाई

सगरमाथा मार्गमा पर्ने ५ हजार ३० मिटर उचाइमा अवस्थित लोबुचेमा भरियाहरूका लागि ‘पोर्टर हाउस’ निर्माण गरिएको छ ।

पर्वतारोही निर्मल पुर्जाले निम्स दाई फाउन्डेसनमार्फत ६ करोड रुपैयाँभन्दा बढीको लगानीमा सो भवन निर्माण गरेका हुन् । गत जेठ १३ गते (मे २७) सो भवनको निर्माण सम्पन्न गरी औपचारिक उद्घाटन गरियो ।

यो पोर्टर हाउसमा एकै पटक १०० जनाभन्दा बढी भरियाहरू सुत्न मिल्ने क्षमता रहेको छ ।

हिमालमा भारी बोक्ने भरियाहरूले ठूला होटलमा बास बस्न नसक्ने र साना होटलमा समेत बेलाबेलामा ठाउँ नपाउँदा समस्या भोग्नुपरेको देखेपछि पुर्जाले सो भवन बनाउने लक्ष्य राखेका थिए ।

लोबुचेमा भरियाका लागि बास बस्ने सुविधायुक्त स्थान बनाउने उनको ठूलो सपना रहेको थियो ।

उनले केही वर्षदेखि विभिन्न संघ संस्था र स्थानीय तहसँग समन्वय तथा सहयोग संकलन गरी सो काम सुरु गरेका थिए । आज उनको त्यो सपना पूरा भएको छ ।

Exit mobile version