शितलादेवि व्यवस्थापनमा दीपक, शिक्षक अभिभावकमा रामराजा चयन

पोखरास्थित शितलादेवि सामुदायिक माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दीपक कार्की निर्विरोध चयन भएका छन् । सोमबार बसेको बैठकले कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको सदस्यहरूमा रमेश प्रसाद बराल र अनिता सापकोटा चयन भएका छन् । समितिको सदस्य सचिवमा पवित्रा पराजुली रहेकी छिन् । विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई अघि बढाउने जिम्मेवारीसहित यो टोली चयन भएको हो ।

त्यसैगरी, बैठकले शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति पनि गठन गरेको छ ।

संघको अध्यक्षमा रामराजा सुवेदी चयन भएका छन् । शिक्षक अभिभावक संघको सदस्यहरूमा स्वस्तिका कोइराला, टेकनाथ बराल, सृजना तिमिल्सिना, पुजा ढकाल, शर्मिला बास्तोला, अम्बिका गौतम र बुद्ध कार्की रहेका छन् ।

नयाँ समिति चयनका लागि पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो ।

उक्त समितिको सदस्यमा वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोला र प्रधानाध्यापक बाबुराम अधिकारी रहेका थिए ।

विद्यालयका निवर्तमान अध्यक्ष टीका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष सन्तोष बास्तोला प्रमुख अतिथि रहेका थिए । उनले विद्यालयको प्रगतिका लागि नयाँ समितिलाई शुभकामना दिए ।

Scroll to Top