२४ घण्टामा विपद्का ४१ घटना: तीनको मृत्यु, १९ घाइते

पछिल्लो २४ घण्टामा देशभर मनसुनजन्य विपद्का ४१ वटा घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दैनिक बुलेटिनअनुसार विपद्का घटनाबाट प्रभावित जिल्लाको संख्या ३७ पुगेको छ । 

घटनामा प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मी तथा स्थानीय निकायको समन्वयमा उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । 

बुलेटिनअनुसार विभिन्न घटनामा १९ जनाको उद्धार गरिएको छ भने १ हजार ७ सय ५६ सवारी साधन परिचालन गरिएको  छ।

प्राधिकरणले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो, चट्याङ र सर्पदंशबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Scroll to Top