चिनियाँलाई छुटाउन ७२ लाखको डिल, हाँस्य कलाकार नारद पक्राउ

हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका छन् ।

हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले कलाकार खतिवडासहित तीन जनालाई पक्राउ गरेको हो ।

यस प्रकरणमा पक्राउ पर्नेहरूमा उदयपुर कटारी ३८ वर्षीय विक्रमबहादुर थापा र नपलपरासी सुनौल नगरपालिका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन् ।

अध्यागमन विभागले पक्राउ गरेका ९ चिनियाँलाई उनीहरूले छुटाइदिने भन्दै रकम लिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले जम्मा ७२ लाखको डिल गरेको खुल्न आएको छ ।

चिनियाँ नागरिकहरूकै सूचनामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

Exit mobile version