पोखरा । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानले गण्डकी प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका कमल पौडेल अथकलााई सम्मान गरेको छ । शनिबार प्रतिष्ठानको कार्यालय पोखरा ३ तेर्सांपट्टीमा पौडेललाई सम्मान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ कमल अथकलाई दोसल्ला र खादाले सम्मान गरेको संस्थाका उपाध्यक्ष निरज कायस्थले जानकारी दिए ।
प्रतिष्ठानका कोषाध्यक्ष गोविन्द ताम्राकारले स्वागत गरेको बधाई ज्ञपान कार्यक्रममा श्रष्टा परिचय प्रतिष्ठानका सदस्य विनोद सुवेदीले दिएका थिए । संस्थाका सदस्य केदार धमलाले सञ्चालन गरेको कार्यक्रममा भिन्तुना युवा क्लबका अध्यक्ष मनोज सिल्पकारले कमल अथकको मेहनेत र इमान्दारिताको कदर गण्डकी प्रदेश सरकारले गरेको भन्दै गण्डकी प्रज्ञा प्रतिष्ठानले कला र साहित्यको क्षेत्रमा राम्रो काम गर्ने उल्लेख गरे ।
सम्मानित कमल पोडेलले निश्वार्थ भावले प्रतिष्ठानमा काम गर्ने बताउँदै गण्डकी प्रदेशका ११ जिल्लामा नयाँ जोस र उत्साहले वर्तमान टिम अघि बढ्ने बताए । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठानका संस्थापक सदस्य तथा हाल सचिवसमेत रहेका पौडेलले पहिलो चरणमा भाषा शुद्धतालाई ध्यान दिने उल्लेख गरेका छन् ।
सम्मानले जिम्मेवारी थपेको बताएका पौडेलले कलाकारिता क्षेत्रमा २०५७ सालदेखिको यात्रा स्मरण गर्दै पत्रकारिता, दोहोरी गीत प्रतिष्ठान, पत्रकार महासंघ, आफूले प्रकाशित गरेको पुस्तक लगायत विभिन्न विषयमा चर्चा गरेका थिए ।







