प्रतिष्ठानका कूलपति भानुपार्कमा, भाषा र साहित्यको चर्चा

गण्डकी प्रज्ञा प्रतिष्ठान र पृथ्वीनारायण क्याम्पस, पोखराको संयुक्त आयोजनामा आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ ।

क्याम्पस परिसरमा निर्मित भानुपार्कमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कूलपति प्राडा कुस्माकर न्यौपानेले शालिकमा माल्यार्पण गर्दै नेपाली भाषको सम्वृद्धिमा उनको योगदानबारे चर्चा गरे ।

साथै, क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठक, प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुखलगायतले आदिकविका विविध पक्षबारे आफ्ना धारणा राखेका छन् ।

क्याम्पस स्ववियु सभापति विष्णु पोखरेलले भानुभक्त केवल कविमात्र नभई नेपाली भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताका संवाहकसमेत रहेको धारणा राखेका छन् ।

Scroll to Top