नियम मिच्नेलाई कास्की ट्राफिकले भन्योः -‘असार मसान्तभित्र कागजात लैजानु’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले ट्राफिक नियम उल्लंघन गरी कारबाहीका लागि नियन्त्रणमा राखिएका सवारी चालक अनुमति पत्र लगायतका कागजातहरू फिर्ता लिन सम्बन्धित सवारी धनी तथा चालकहरूलाई अनुरोध गरेको छ।

कार्यालयले एक सूचना जारी गर्दै कार्यालय तथा मातहतका पोष्टहरूबाट ट्राफिक नियम उल्लंघन गरी कारबाहीका लागि नियन्त्रणमा राखिएका सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्र ०८३ साल असार मसान्तभित्र फिर्ता लिन भनेको छ।

२४ घण्टे पुर्जी जारी भएका ती कागजातहरू सम्बन्धित कार्यालयबाट फिर्ता लिन प्रहरीले आग्रह गरेको हो।

तोकिएको समयभित्र आफ्ना कागजात फिर्ता लिन नआएमा थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइने बेहोरा समेत ट्राफिक प्रहरीले जानकारी दिएको छ।

‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले नियमको पालना गर्न र सुरक्षित जीवनको सम्मान गर्न समेत सबैमा अनुरोध गरेको छ।

Scroll to Top