ह्यारी केन चम्कँदा इङ्ग्ल्यान्ड अन्तिम १६ मा

पोखरा । डीआर कंगोविरुद्ध पुनरागमन जित निकाल्दै इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार एटलान्टामा भएको रोमाञ्चक खेलमा इङ्ग्ल्यान्डले एक गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै डीआर कंगोलाई २–१ ले पराजित गरेको हो ।

खेलको नायक बनेका कप्तान ह्यारी केनले इङ्ग्ल्यान्डका लागि दुवै गोल गरे । डीआर कंगोले सातौं मिनेटमा ब्रायन सिपेङ्गाको गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि केनले ७५औँ मिनेटमा हेडमार्फत बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए भने ८६औँ मिनेटमा शानदार प्रहारमार्फत निर्णायक गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्‍याए ।

अब इङ्ग्ल्यान्डले जुलाई ६ मा हुने अन्तिम १६ को खेलमा सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।

यो जितसँगै इङ्ग्ल्यान्ड संघर्षपूर्ण शैलीमा अन्तिम १६ मा पुगेको छ भने उत्कृष्ट प्रदर्शन गरे पनि अग्रता जोगाउन नसकेको डीआर कंगो प्रतियोगिताबाट बाहिरिएको छ ।तस्विर: टिएसएन

Exit mobile version