सार्वजनिक सुनुवाइमा सीडीओले भने – ‘नागरिकमैत्री सेवामा समर्पित छौै’

कास्कीको मादी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमान सिंह गुरुङले प्रशासन कार्यालय सदैव नागरिकमैत्री सेवामा प्रतिबद्ध रहेको जनाएका छन् ।

प्रशासन कार्यालयको जिम्मेवारी सम्हाल्न हालै कास्की आएका सीडीओ गुरुङले मनसुनको सिजन भएकाले विपद् व्यवस्थापनमा प्रशासनसँगै सहकार्य गर्न अपीलसमेत गरे ।

जिल्लाको शान्ति सुरक्षा‚ अपराध नियन्त्रण‚ लागुऔषध दुरुपयोग नियन्त्रण, सुशासन, विकास आयोजना कार्यान्वयन, सहजीकरण तथा सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा केन्द्रित भएको बताउँदै उनले नागरिकलाई केन्द्रमा राखेर काम गर्ने जनाए ।

सुनुवाइमा गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्की, सशस्त्र प्रहरी बल कास्कीका प्रमुख, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण भण्डारी, गाउँपालिकाका वडाध्यक्षहरू, स्थानीयलगायतको सहभागिता, वडा सचिवहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीय उल्लेखनीय सहभागिता रहेको थियो।

सो अवसरमा मध्यपहाडी लोकमार्गको निर्माण योजना छिटो सम्पन्न हुनु पर्ने, मनसुनजन्य विपद् व्यवस्थापन र राहत वितरणलाई स्थानीय तहमा छिटो बितरण र सहजरुपमा उपलब्ध गराउन परो, सडकको मर्मत तथा स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने विषयमा विशेष ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै, सार्वजनिक सुनुवाइको औचित्यमाथि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले नागरिक र सरकारी निकायबीचको दूरी घटाउँदै सुशासन, उत्तरदायित्व र प्रभावकारी सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

साथै, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्की, मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङले विभिन्न प्रश्नको जवाफ दिदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Scroll to Top